राजनीति


स्थायी समितिमा अनुपस्थित ओलीले सन्देश पठाउँदै भने– प्रचण्डको प्रस्तावमा बैठकमा छलफल हुन सक्दैन

स्थायी समितिमा अनुपस्थित ओलीले सन्देश पठाउँदै भने– प्रचण्डको प्रस्तावमा बैठकमा छलफल हुन सक्दैन

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १०:१५,

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले ल्याएको प्रस्ताव आफूले स्थायी समितिमा लगेर छलफल गर्न नचाहेको भन्दै स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएका छन्।

बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गरेर पत्र पठाउँदैस्थायी समिति सदस्यहरुबीच आफ्नो धारणा व्यक्त गरेका हुन्।

सो पत्रलाई बैठकको सुरुमै सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सुनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘ओलीले प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसक्ने भएकाले आफू नआएको बताउनुभयो,’ श्रेष्ठले भने।

प्रचण्डले बैठक अघि बढाउँदै अहिलेको विशिष्ट तथा गम्भीर अवस्था र अहिलेको संकटलाई सकारात्मक रुपमा सुल्झाउनका लागि गम्भीर र व्यापक बनाउन सदस्यहरुसँग आग्रह गरेका थिए।
स्थायी कमिटी सदस्यले दुई अध्यक्षका प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएको छ।

यसअघि निर्धारित गरिएको केन्द्रीय कमिटी बैठक सारिएको छ।

स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार मंसिर २५ गतेका लागि तय गरिएको बैठक सारेर पुस ५ गते बस्ने निर्णय गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad