राजनीति


‘प्रधानमन्त्रीले पत्रमार्फत स्थायी समिति बैठकलाई सम्बोधन गरेकाले उहाँको उपस्थिति भएको बुझ्नुपर्छ’

‘प्रधानमन्त्रीले पत्रमार्फत स्थायी समिति बैठकलाई सम्बोधन गरेकाले उहाँको उपस्थिति भएको बुझ्नुपर्छ’

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १०:२१,

सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भीम रावलले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिको बैठकलाई सम्बोधन गरेर पत्र पठाइसकेकोले उनी पनि बैठकमा उपस्थित भएको बताएका छन्।

आइतबार बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता रावलले प्रधानमन्त्रीले बैठकलाई नै सम्बोधन गरेर पत्र पठाएकोले उनी पनि उपस्थित भएको बताएका हुन्।

‘प्रधानमन्त्रीले आज स्थायी समितिलाई सम्बोधन गरेर पठाएको मन्तव्यबाट उहाँको सहभागिता भनेर बुझिन्छ’, रावलले भने, ‘उहाँले उक्त पत्रमा बहिष्कार गर्नुभएको भन्ने कुरा उल्लेख गर्नुभएको छैन। स्थायी समितिका कमरेड भनेर सम्बोधन गर्नुभएको छ। त्यो सम्बोधन भनेको बैठकमा उपस्थित जस्तै हो।’

आइतबार बसेको स्थायी समिति बैठकमा ओली सहभागी नभई पत्र पठाएका थिए। उनले सो पत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न आफू तयार नभएकोले नआएको प्रष्ट पारेका थिए।

सो पत्रलाई बैठकको सुरुमै ईश्वर पोखरेलले वाचन गरेका थिए। नेकपाको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर विवाद समाधान गर्न असफल रहेपछि सो दुवै प्रतिवेदन स्थायी समितिमा आएको हो।

त्यसमाथिको छलफल आइतबारबाट सुरु भएको छ। आइतबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले मात्र बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad