सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ।
आइतबार १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि साढे १ बजेबाट सुरु भएको हो।
बैठकमा अहिले सदस्यलाई दुबै अध्यक्षका राजनीतिक प्रस्ताव र पत्रहरु वितरण गरिएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रतिवेदन, दुई अध्यक्षबीच चलेका जुहारी पत्र समेत स्थायी समिति सदस्यहरुलाई वितरण गरिएको छ।
हलको उपल्लो भागमा अध्यक्ष ओली बाहेकका सचिवालयका नेताहरु मञ्चमा छन् भने स्थायी समिति सदस्यहरु तल्लो भागमा बसिरहेका छन्।
बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष प्रचण्डले गरिरहेका छन्।स्थायी समितिमा ४४ जना सदस्य रहेका छन्।
Shares

प्रतिक्रिया