समाज


हल्टप्राइज एट आईओईको ग्राण्ड फाइनल, यस्तो रह्यो कार्यक्रम

हल्टप्राइज एट आईओईको ग्राण्ड फाइनल, यस्तो रह्यो कार्यक्रम

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ९:१२,

ललितपुरस्थित पुल्चोक इन्जिनियरियङ क्याम्पसका विद्यार्थीको संस्था नेस्क्टजेन र हल्ट प्राइजको संयुक्त आयोजनामा ‘हल्टप्राइज एट आईओई २०२०-२१’ कार्यक्रमको ग्राण्ड फाइनल कार्यक्रम सम्पन्न भएको छ।

केही अगाडि एकदमै लोकप्रियता कमाउन सफल भएको ‘उद्यमशीलता सम्बन्धी टक सिरिज’ यही हल्ट प्राइज एट आईओई २०२०(२१को पूर्व कार्यक्रमहरू हुन्। अर्थात् यो शनिबार भएको यस्को मुख्य कार्यक्रम हो।

उक्त कार्यक्रमको फाइनलमा महजोडिका मदन कृष्ण श्रेष्ठ, तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनी, मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा, नेपालका पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, युवामाझ गायकहरू स्वप्न सुमन, र्‍यापर, भ्लगर र ‘गडफादर अफ नेप्हप’ भनिने गिरीस खतिवडा तथा सुदिन पोखरेल, केल्साग श्रेष्ठ, बलिउडका गायक राहुल पाण्डे, कमेडी चेपियन सत्र १का विजेता तथा हास्य कलाकार हिमेश पन्तको उपस्थिति थियो।

गायकहरू स्वप्न सुमन, र्यापर, भ्लगर र ‘गडफादर अफ नेप्हप’ भनिने गिरीस खतिवडा तथा सुदिन पोखरेलले आफ्नो जिन्दगीको बारेमा भने, प्रेरणा दिए र गीत गाएर सबैलाई मनोरन्जन गरे।

तलेगु फिल्मस्टार तथा परोपकारी राम पोथिनेनीले उद्यमशीलताको बारेमा बताउँदै कसरी फिल्म बनाउने पनि एउटा आइडियाबाट सुरू हुने साथै सबैलाई अगाडि बढ्ने हौसला र प्रेरणा दिइन्।

महजोडिको मदन कृष्ण श्रेष्ठले कोरोना, हरिवंश आचार्य, महको ‘ह’, उद्यमको बारेमा र अरू धेरै कुरा गरे।

यस्तै हल्ट प्राइजको ग्राण्ड फाइनलमा जजको रुपमा राजनीतिक तथा विकास पूर्वाधार सम्बन्धी विशेषज्ञ डा. सूर्यराज आचार्य, उद्यमी तथा खाना र कृषि विज्ञ ल्युक स्मिथ, उद्यमी अरिफ नेजमी, डेलोइट– संसारको सबैभन्दा ठूलो व्यावसायिक सेवाहरू रणनीति परामर्शदाता साथै युएनको दीगो विकास लक्ष्यहरूको प्रमोटर साम बेकर, युएन, विल एण्ड मेलिन्डा गेट्स इन्टिट्युट तथा एकदमै प्रभाव पार्न सकेका यसएम साइकत, टर्ल्टर भेन्चरको संस्थापक र सीइओ साराबान टहुरा टुरिन रहने छन्।

उनीहरूले त्रिभुवन विश्वविद्यालयका १३वटा इन्जिनियरियङ कलेजबाट सेमिफाइल तथा वाइल्डकार्डमा छानिएका २५ टिमहरूको आइडिया र प्रिजेन्टेसनबाट शीर्ष टिमहरूको छनोट गरे।

यी टिमहरूका लागि हल्ट प्राइज एट आईओई २०२०–२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाले देश–विदेशका धेरै विज्ञहरू बोलाएर इन्टरनेटमार्फत नै विशेष कार्यशालाहरू र सल्लाहकार कार्यक्रमहरू आयोजना गर्दै आएको थियो। युवाहरुलाई सामाजिक उद्यमशिलतामा अग्रसर बनाउने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम विश्वभरि आयोजना गर्ने गरिन्छ। यस वर्षको विषय ‘फुड फर गुड’ अर्थात राम्रोका लागि खाना भन्ने राखिएको छ। सहभागी विद्यार्थीहरुले शनिवारको कार्यक्रममार्फत यहि विषयमा आफ्नो आइडिया प्रस्तुत गरेका थिए।

हल्ट प्राइज एट आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले कुल मिलाएर नेपाली १२ लाखका विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सके। यो वर्ष हल्ट प्राइज एट आईओईको विजेताः प्रथम हुने टिम क्युरियस वी हो, जसले फोहोर व्यवस्थापनमा आधारित थियो। डिस्पोजेबल चम्चा बनाएर वातावरणलाई सफा राख्ने आइडियामा यो आधारित थियो। साथै दोस्रो विजेता टिम भाइरस भिक्सेन र तेस्रो टिम चाहिं टिम बिन हुन सफल भएका छन्।

अब यी तीन वटा नेपाली विद्यार्थीहरुको टोलीले विदेशमा आयोजना हुने क्षेत्रीय प्रतिष्पर्धामा भाग लिन पनि पाउनेछन्। ५० भन्दा बढी मुलुकमा क्षेत्रीय प्रतिस्पर्धा हुने गरेको छ। क्षेत्रीय प्रतिस्पर्धापछि त्वरित कार्यक्रम लन्डनमा हुनेछ र त्यसपछि अन्तिम कार्यक्रम संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन्छ। र, यही कार्यक्रममार्फत १० लाख अमेरिकी डलर रकम पाउने टोली छनोट हुनेछ।

हल्टबिजनेस स्कुल, हल्टप्राइज संस्था र सयुक्त रास्ट्र संघसँग आबद्ध भएर हल्टप्राइजको स्थापना गरिएको हो। क्षमताशील एवम् उर्जावान युवा युवतिहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा पनि यसलाई लिन सकिन्छ। यो प्रतिस्पर्धालाई विद्यार्थिहरुको नोवेल पुरस्कारको रुपमा पनि चिनिन्छ।

यसमा हरेक वर्ष विश्वभरिबाट १२१ देशका २५ सय भन्दा बढी विश्वविद्यालयहरुबाट ३ लाख भन्दा धेरै विद्यार्थीले सहभागीता जनाउँदै आएका छन्। हल्ट प्राइजले हालसम्म विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad