ad ad

राजनीति


भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेको होः प्रधानमन्त्री ओली

भ्रष्टाचार बढेको होइन, गिरफ्तारी बढेको होः प्रधानमन्त्री ओली

नेपालखबर
साउन १४, २०७६ मंगलबार १४:१८,

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भ्रष्टाचार बढेको नभइ भ्रष्टाचारीहरु धमाधम पक्राउ पर्न थालेको बताएका छन्।

मंगलबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सरकार सक्रिय रहेको बताए।

‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ’ प्रधानमन्त्री ओलीले ‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो। भ्रष्टाचारमा संलग्नलाई सानो ठुलो भनेर हेरिदैन। सबैलाई कारबाही हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए। विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो। तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए?’

भेटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले सरकारले महंगी नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार बढेको तथा कर वृद्धिले जनताको ढाड सेकेको भन्दै सरकारलाई सचेत गराएका थिए।

बाग्लुङबाट आएको प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओली समक्ष माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .