ad ad

राजनीति


केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

 केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेकपा सचिवालय बैठक बालुवाटारमा सर्‍यो

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ५:३६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।

यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बाेलाइएकाे बैठक केन्द्रीय कार्यालयमा  बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो। बैठक दिउँसो १ बजे निर्धारित समयमा नै नै बस्ने छ।

‘बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको छ’, महासचिव विष्णु पौडेलका स्वकीय सचिव यमराज पाण्डेले नेपालखबरसँग भने, ‘बैठक भने निर्धारित समयमै बस्ने छ।’

बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि लिखित जवाफ दिने तयारी छ।

याे पनि  : प्रचण्डसहित पाँच नेताको तयारी : मंगलबारको बैठकमा ओलीलाई संयुक्तरुपमा लिखित जवाफ दिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .