प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा खाता (अकाउन्ट) खोलेका छन्।
@kpsharmaoli_official भेरिफाइड भएको टिकटक अकाउन्टमा उनले पहिलो भिडियो सेयर गर्दै जनहितमा एउटा सन्देश जारी गरेका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो टिकटक भिडियोमा भनेका छन्- ‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजश्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको छ।’
हेरौं, प्रधानमन्त्री ओलीको पहिलो टिकटक भिडियो :
@kpsharmaoli_official
We are working on service integration #digitalnepal
♬ original sound - We support Nepal - KP Sharma Oli

प्रतिक्रिया