ad ad

छापा खबर


कोरोना परीक्षणको नजिता अब २० मिनेटमै

कोरोना परीक्षणको नजिता अब २० मिनेटमै

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार ०:११,

सरकारले सोमबारबाट कोरोना भाइरस परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ।

कोरोना भाइरस पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।

काठमाडौं उपत्यकाका कोरोना प्रभावति क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण सुरु गरिएको हो। डा.पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ। सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेनबाट २०/२५ मिनेटमै कोरोना परीक्षणको गरी रिपोर्ट आउने पाण्डेले बताए।

‘एन्टिजेनमा पपिसिआर जस्तै विधि हो। घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ,’ पाण्डेले भने। संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागिएको हो।

पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिए। विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत मात्रै प्रभावकारी मानिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .