ad ad

राजनीति


राजतन्त्रको माग गर्दै काठमाडौंमा पनि राजावादीको प्रदर्शन

राजतन्त्रको माग गर्दै काठमाडौंमा पनि राजावादीको प्रदर्शन

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ८:४६,

केही दिनयता देशैभर प्रदर्शन गरिरहेका राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा पनि प्रदर्शन गरेका छन्।

वीरगञ्ज, नेपालगञ्ज, हेटौंडा, पोखरालगायतका देशका मुख्य सहरहरुमा प्रदर्शन गरिरहेका राजावादीले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।

राष्ट्रिय झण्डा बोकेर सयौँको संख्यामा उपस्थित राजावादीहरुले गणतन्त्रविरुद्ध नाराबाजी गरेका छन्। आजको कार्यक्रममा राप्रपाका पूर्वनेता केशरबहादुर विष्टलगायतले माइतीघरमा आयोजित कोणसभालाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .