राजनीति


शनिबारको सचिवालय बैठकमा वामदेव गौतमले के भने?

शनिबारको सचिवालय बैठकमा वामदेव गौतमले के भने?

नेपालखबर
मंसिर १४, २०७७ आइतबार ४:३५,

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीको जिवन्तताको लागि बैठक र छलफल जरुरी रहेको बताएका छन्।

शनिबार पार्टीको सचिवालय बैठकमा गौतमले राखेको धारणा उनका प्रेस संयोजक विश्वमणि सुवेदीले आइतबार सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका हुन्।

‘मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ। बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु,’ शनिबारको बैठकमा गौतमले भने, ‘पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन्। चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ।’

बैठक बस्न छलफल गर्न शुरु गर्नासाथ पार्टीको पुनर्जीवन शुरु हुने नेता गौतमको भनाई छ। बैठक बस्ने वातावरण बनाउने नेताहरुलाई उनले धन्यवादसमेत दिएका छन्।

‘बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भने।
यस्तो छ गौतमले बैठकमा व्यक्त गरेको धारणा : 

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ। बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु।

पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ।

यो बैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ।

यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad