नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारी जंगलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन्।
बन्दुक लिएर जंगलमा वन्यजन्तुको सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने एक सय ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरिएको नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा नुवाकोटको म्यागङ गाउँपालिका-३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर छन्।
उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्दै आएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुालई पक्राउ गरेको हो।

प्रतिक्रिया