नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका कुनै प्रस्ताव फिर्ता नहुने बताएका छन्।
मंसिर ३ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीप्रति १९–पृष्ठ लामो आक्रामक प्रस्ताव पेस गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले आज शनिबारको बैठकमा ३८–पृष्ठ लामो जवाफी प्रस्ताव पस्तुत गरेका हुन्।
‘दुवैमध्ये कुनै प्रस्ताव फिर्ता हुँदैनन्, अब यी पार्टीका सम्पत्ति भएका छन्,’ पूर्वप्रधानमन्त्री खनालले बैठकमा राखेका भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘यो सम्पत्ति सुन पनि हुनसक्छ, खिया लागेको फलामको टुक्रा पनि हुनसक्छ, जे भए पनि पार्टीको सम्पत्ति अब फिर्ता हुँदैन।’
उनले नेकपामा अहिले अन्तरसंघर्ष चर्केको तर पार्टीमा हुने यस्ता बहसबाट कोहि पनि डराउनुनपर्ने बताएका थिए।
‘यसका कारण पार्टी फुट हुनु आवश्यक छैन, छलफल हुन्छ र निकास निकाल्नुपर्छ,’ उनले भने।
याे पनि:
Shares

प्रतिक्रिया