कारोबार


महासंघको निर्वाचनमा शतप्रतिशत मतदान, मतगणना आजै हुने

महासंघको निर्वाचनमा शतप्रतिशत मतदान, मतगणना आजै हुने

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ११:१७,

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीका लागि शनिबार भएको मतदान सकिएको छ। केही बेरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

बबरमहल र टेकुस्थित महासंघको कार्यालयमा रहेका मतपेटिका कमलादीस्थित  नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याएपछि मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाकारी दिए। निवार्चन आयोगले शतप्रतिशत नै मतदान भएको जानकारी समेत दियो।

कोरोना भाइरस संक्रमणका कारण मतदाताबीचको दूरी कायम गर्न भन्दै एक पटकको लटमा २५ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।

सोही कारण निर्वाचन कार्यक्रम अनुसार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म समयावधि तोकिएको  मतदान अवधि ताेकिएकाे  हो।

भीडभाड कम गर्न भन्दै कमलादी प्रज्ञा भवन, बबरमहल र टेकुस्थित महासंघको कार्यलय गरी तीन स्थानमा मतदान स्थल तोकिएको थियो।

महासंघको नयाँ नेतृत्व (वरिष्ठ उपाध्यक्ष) का लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

महासंघको नयाँ कार्यसमितको लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावमा उमेद्वारी दिएका थिए।

महासंघमा कार्यकारिणी सदस्यतर्फ १ नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad