ती कम्पनीहरुले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई संवेदनशील प्रविधि सामग्री प्रदान गरेर सहयोग गरेको अमेरिकी अरोप छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनका चेङ्दु बेस्ट न्यु मेटेरियल्स र जिबो इल्म ट्रेड साथै रुसका निल्को ग्रुप र जोइन्ट स्टक कम्पनी इलिकन कम्पनीमाथि दुई वर्षको प्रतिबन्ध लगाएको बताए।
अब यी कम्पनीबाट अमेरिकाले दुई वर्षसम्म कुनै सामग्री खरिद गर्नेछैन भने यी कम्पनीहरुले अमेरिकी सरकारबाट प्राप्त गर्दै आएको सहयोग कटौती हुनेछ।
पछिल्लो समय अमेरिका इरानविरुद्ध आक्रमक बन्दै आएको छ। इरानले परमाणु हतियार बनाउने काम गरेको भन्दै अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ। एजेन्सी

प्रतिक्रिया