प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री राउतले विर्षात्, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’ लाई तत्काल संशोधन गरेर अघि बढने योजना पनि अघि सारे। मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढि जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढन लागिएको पनि स्पष्ट पारे।
मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्लाहरु बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराए।
मुख्यमन्त्री राउतले सरकारको कामकार्वाहीलाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले तत्काल प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताए। सञ्चार माध्याममा आएजस्तो प्रदेश २ को सत्ता समिकरण परिवर्तन हुने अवस्था नरहेको उनको भनाई थियो।

प्रतिक्रिया