समाज


अफगान सेनाद्वारा दुई अमेरिकी सैनिकको हत्या

अफगान सेनाद्वारा दुई अमेरिकी सैनिकको हत्या

नेपालखबर
साउन १४, २०७६ मंगलबार १०:२७,

एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन्। अफगानिस्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो।

अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको हो। तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताएका छन्।

यस सहकर्मी आक्रमणमा परी दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएका कसमले बताएका छन्l

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट गर्दै ती देशभक्त व्यक्ति अफगान सैनिक नै भएको दाबी गरेका छन्।

कान्दाहार प्रान्तका गभर्नर प्रवक्ता बहिर अहमादीले अफगान सैन्य शिविरमा उक्त घटना भएको पुष्टि गरे। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad