राजनीति


अब कसैले एक्लो र अनाथ महसुस गर्नु पर्दैन : प्रधानमन्त्री ओली (भिडिओ)

अब कसैले एक्लो र अनाथ महसुस गर्नु पर्दैन : प्रधानमन्त्री ओली (भिडिओ)

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ३:३७,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशका कुनै पनि नागरिकलाई एक्लो महशुस हुन नदिने बताएका छन्।

सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार बिहान भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने दाबी गरेका हुन्। ‘अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हो,’ सन्देशमा ओलीले भनेका छन्। सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।

‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको चर्चा गर्दै समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको बताए।

ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्समेत आग्रह गरेका छन्।

‘सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव जाति सचेत प्राणी भएको हुनाले सदैव चिन्तित छ,’ सन्देशमा भनिएको छ, ‘हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर योगदानमा आधारित सामामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको पनि सुरुवात गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad