नयाँ नेतृत्वसमेत चयन गर्ने गरी नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा आज बिहीबार राजधानीमा सुरु हुँदै छ। गत चैत २८ मै हुनपर्ने साधारण सभा कोरोना महामारीका कारण ढिला भएकाे हाे।
महासंघले सार्वजनिक गरेको सारधाण सभा तथा निर्वाचन कार्यतालिकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै सभाकाे उद्घाटन गर्नेछन्। बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गरिनेछ।
यस्तै भर्चुअल माध्यमबाटै शुक्रबार बिहान १० बजे बन्द सत्र तथा शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने कार्यतालिका छ।
साधारण सभाका दुई कार्यक्रम भर्चुअल गरिए पनि नयाँ कार्यसमिति छनोटनका लागि निर्वाचन भने प्रत्यक्ष गरिने कार्यतालिकामा उल्लेख छ। त्यसका लागि ३ स्थान ताेकिएका छन्। नगर जिल्ला उद्योग वाणिज्य समूहका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, एसाेसिएट समूहका लागि कार्की ब्याङ्केट माइतीघर र वस्तुगत संघ समूहका लागि महासङ्घको आफ्नै सचिवालय, टेकुमा निर्वाचन केन्द्र ताेकिएका हुन्।
महासंघको विधानअनुसार अध्यक्षमा हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वत: अध्यक्ष हुने भएका छन् भने एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्षसहित ६४ सदस्य निर्वाचनबाट छनोट गरिनेछ।
वरिष्ठ उपाधयक्ष्यका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्।
कार्यतालिका हेर्न यहाँ क्लिक गर्नुहाेला।
Shares

प्रतिक्रिया