ad ad

राजनीति


सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १५:१६,

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो।

भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती स्वीकृति प्रदान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन्। आर्थिक वर्ष २०७५-७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन्।

उनले भनिन्, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधानमा सगरमाथाको उचाई मापन गरेको छ। त्यो कार्य अहिले सम्पन्न भएको छ। अब हामी आफैँले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं।’

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो।

मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ।

सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो। सोहीबमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए।

यसअघी विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ हालसम्म कायम रहिआएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .