प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि आज ताप्लेजुङ जाँदैछन्।
नेपाल-चीन सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटनका लागि प्रधानमन्त्री सोमबार बिहान ताप्लेजुङ प्रस्थान गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रधानमन्त्री ओलीले दुई देशको सीमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्ने कार्यक्रम छ,’ थापाले नेपालखबरसँग भने, ‘उहाँ इलामममा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।’
पर्यटन विकासमा टेवा पुग्ने योजना लगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारीसमेत गरेका छन्।

प्रतिक्रिया