समाज


हात्तीको आक्रमणबाट पतिको मृत्यु, पत्नीले भागेर ज्यान जोगाइन्

हात्तीको आक्रमणबाट पतिको मृत्यु, पत्नीले भागेर ज्यान जोगाइन्

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ३:३७,

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो।

पत्नी विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरको दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। चेपाङकी पत्नीले भने भागेर ज्यान जोगाएकी छन्।

हात्तीको आक्रमणबाट चेपाङको घटनास्थलमै मृत्यु भएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले चेपाङ कुनै अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ।

योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad