ज्लाटन इब्राहिमोभिचको दुई गोलमा एसी मिलानले इटालियन सिरी ए मा नेपोलीमाथि सहज जित निकालेको छ।
आइतबार राति भएको खेलमा मिलानले नेपोलीलाई ३-१ ले पारजित गरेको हो। मिलानका लागि जेन्स पिटर हगले एक गोल थपे। नेपोलीका लागि ड्रिएस मेर्टिन्सले एक गोल फर्काए।
जितसँगै अपराजित रहेको मिलानले ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ। पराजित नेपोली छैटौँ स्थानमा छ।
गएराति नै भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै इन्टरमिलानले टोरिनोमाथि जित निकालेको छ। मिलानले टोरिनोलाई ४-२ गोल अन्तरले पाखा लगायो।
मिलानका लागि रोमेलु लुकाकुले दुई तथा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले एक–एक गोल गरे। सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीको गोलमा टोरिनोले सुरुवाती अग्रता बनाएपनि जोगाउन नसक्दा हार भोग्न बाध्य भयो।

प्रतिक्रिया