राजनीति


वामदेवको फरक अडानः म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैन

वामदेवको फरक अडानः म कुनै गुटमा छैन, पार्टी फुट्नु हुँदैन

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ११:११,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्र देखिएको कलह समधानका लागि आफूले निरन्तर रुपमा प्रयास गरिरहेको बताए।

आफू सधैँ गुटको विपक्षमा रहेको भन्दै कुनै पनि हलतमा पार्टी फुट्न नदिने उनको भनाइ थियो। उनले अहिलेको विवादका कारण पार्टी नफुट्ने दावी समेत गरे।

‘मैले पार्टी एकतालाई जोड दिएको छु, म कुनै पनि गुटमा छैन’, उनले भने, ‘अहिले देखिएको विवादकै कारण पार्टी फुट्दैन, फुट्नु हुँदैन।’

 पार्टी एकताका क्रममा देखिएका केही विषयलाई त्यतिबेलै समाधान नगर्दा अहिलेको समस्या आएको उनको भनाइ छ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए।

‘फरक विचारले पार्टीलाई कमजोर होइन झन चलायमान र सुदृढ बनाउँछ’, उनले भने।

उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad