ad ad

राजनीति


शान्ति सम्झौता सम्झिँदै डा.भट्टराईले भनेः देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बना !

शान्ति सम्झौता सम्झिँदै डा.भट्टराईले भनेः देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बना !

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ८:५७,

तत्कालीन माओवादी र सरकारबीच भएको शान्ति सम्झौता भएको दिन सम्झिँदै तत्कालीन माओवादी डा. बाबुराम भट्टराईले देशको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा पुगेकामा दुःख व्यक्त गरेका छन्।

शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा आज (मंसिर ५ गते) सामाजिक सञ्जालमार्फत जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले ‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भुइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु’ विडम्बनापूर्ण’ भनेका हुन्।

तत्कालीन विद्रोही पक्ष र सकारबीच शान्ति सम्झौतामा हस्ताक्षर भइहरेको तस्बिरसमेत ‘सेयर’ गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्, ‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकारबीच बृहत् शान्ति-सम्झौता भएको (२०६३ मंसिर ५ गते) आज १४ वर्ष पूरा! सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक!’

सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै...

Posted by Dr. Baburam Bhattarai on Thursday, November 19, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .