सुनको मूल्य शुक्रबार पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोबार भएको छ। बिहीबार भने प्रतितोला रु ९४ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५ सयमा कारोबार भएको छ। बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ। बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोबार भएको छ। रासस
प्रतिक्रिया