जर्जियामा पुनः मत गणना गर्दा पनि जो बाइडेन नै विजयी भएका छन्।
दोस्रोपटक जर्जियाको मत दोहोर्याएर हातैले गन्दा पनि डोनाल्ड ट्रम्प पराजित भएका हुन्।
जर्जियाका अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार बाइडेनले २४ लाख ७५ हजार १ सय ४१ मत ल्याएका हुन् भने ट्रम्पले २४ लाख ६२ हजार ८ सय ५७ मात्र।
ट्रम्पले भन्दा बाइडेनले १२ हजार २ सय ८४ मत बढी ल्याएका हुन्।
पहिलो पटकको गणनामा ट्रम्पले भन्दा बाइडेनले १२ हजार ७ सय ८० मत बढी ल्याएका थिए। बाइडेन र ट्रम्पबीच मतअन्तर कम भएपछि पुन: हातैले गनिएकाे हाे।
दोस्राेपटककाे गन्तीमा बाइडेनतर्फ ४ सय ९६ मत घटे पनि उनी नै विजयी भएका हुन्। एजेन्सी

प्रतिक्रिया