भारतकाे बिहार राज्यका शिक्षामन्त्री मेवालाल चौधरीले बिहीबार पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन्।
भारतीय सञ्चारमाध्मयका अनुसार उनको राजीनामा स्वीकृत गरिएको छ।
राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए। चौधरीले नीतीशकुमारसँगै यही नोभेम्बर १६ मा मन्त्रीको शपथ लिएका थिए।
मेवालालको राजीनामापछि उनको विभागमा अब अशोक चौधरी आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मेवालालाल चौधरी सन् २०१०-२०१५ सम्म बिहार कृषि विश्वविद्यालयका कुलपति थिए। त्यसबेला उनले साबौर प्रहरी चौकीमा नियुक्तिमा अनियमितता गरेकाे अभियाेग लागेकाे थियाे र उनीविरुद्ध एफआईआर दर्ता गरिएको छ। हाल उनी जमानतमा छन्।
प्रतिक्रिया