नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सो पार्टीका अन्य नेताहरुले पार्टीका बिबाद समाधान गर्नेभन्दा पनि समय लम्ब्याउने खेल खेलिरहेको बताएका छन्।
बुधबार बसेको सचिवालय बैठकमा बोल्दै उनले अहिलेको बिबादलाई समाधान गर्नेभन्दा पनि ‘टाइम बाइ’ गर्ने रणनीति अख्तियार गरिएको उनले बताए।
‘अहिले पार्टीको बिबाद समाधान गर्नेभन्दा पनि ढिलोढाला गर्ने काम भइरहेको छ,’ बैठकमा नेपालले राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘समय लम्ब्याउने खेल खेल्नु हुँदैन। यो गलत हो।’
नेकपा विवाद : प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने
त्यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावको जवाफमा अर्को प्रस्ताव ल्याउने भन्दै १० दिनको समय माग गरेका थिए।
ओलीको प्रस्तावअनुसार नै बैठक मंसिर १३ गते सम्मका लागि स्थगित गरिएको छ।
गत शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसलाई ओलीले आफूविरुद्ध आरोपहरुको पत्र भन्दै त्यसको जवाफ दिन समय माग गरेका हुन्।
बैठकमा नेपालले केन्द्रदेखि स्थानीय तहमसम्मको सरकारको काम कारवाहीको गम्भीर समिक्षा गर्नुपर्ने बताएका थिए।
‘केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारको कामलाई गम्भीर समिक्षा गर्न आवश्यक छ। कसबाट गल्ति भएको छ त्यसलाई स्वीकार गरौं,’ नेपालले बैठकमा भनेका थिए, ‘कार्यशैली सच्चाउन तयार हौं। उनीहरुलाई जनता र पार्टीप्रति उत्तरदायी बनाऔं। अहिले छाडा बनेका छन्।’
त्यसैगरी नेपालले सरकार र पार्टी सञ्चालनको विषयमा कार्यकर्ता र जनतामा व्यापाक निराशा उत्पन्न भएको भन्दै तत्काल आशा सञ्चार हुने काम गर्नुपर्ने बताएका थिए।
‘कार्यकर्ता र जनतामा व्यापक निराशा छाएको छ। तत्काल आशाको सञ्चार गर्ने काम गरौं,’ नेपालले बैठकमा भने।
सम्बन्धित समाचारहरु:
- सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति
- प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं
- प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल
- आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
- प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा
Shares

प्रतिक्रिया