राजनीति


आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार

आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ८:३९,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको संकटमा आफूलाई साथ दिन भनी गरेको प्रस्तावलाई उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्।

आइतबार बिहान ६ बजे भेटका लागि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए। उनी साढे ८ बजे प्रधानमन्त्री निवास पुगेको र एक घण्टा छलफल भएको गौतमका प्रेस सहयोगी विश्वमणी सुबेदीले नेपालखबरलाइ बताए।

सो भेटमा अध्यक्ष ओली, उपाध्यक्ष गौतम र महासचिव विष्णु पौडेलबीच छलफल भएको हो।

‘प्रधानमन्त्री ओलीले गौतमलाई साथ लिएर ४० प्रतिशत पुर्‍याउने योजना बनाउनु भएको रहेछ, त्यहिअनुसार आफ्नो साथमा लाग्न आग्रह गर्नुभएको रहेछ,’ गौतमनिकट एक नेताले बताए, ‘वामदेव गौतमले ओलीलाइ सच्चिन सुझाव दिदै व्यक्तिगत कुरा नगर्न र प्रचण्डले पेस गरेको प्रस्तावमाथि बैठकमै छलफल गरेर निकास निकाल्न सुझाव दिनुभएको छ।’

गौतमले प्रचण्डले ल्याएको प्रस्तावलाई ठूलो रुपमा नलिन भन्दै ओलीलाई ‘तपाईंकाे कार्यशैली नै मुख्य कारण हो, त्यो सच्चिनु पर्छ,’ भनी बताएका थिए।

‘पार्टीले सरकार चलाउने, पार्टी कमिटीको निर्णय पालना गरे पार्टीभित्रका सबै समस्या समाधान हुन्छ,’ सो भेटमा गौतमले ओलीलाई सुझाएका थिए।

गत शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न १९–पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए।

प्रधानमन्त्री ओलीले सोही दिन सचिवालय बैठक सकिएपछि पनि गौतम लगायतका ६ नेतासँग बालुवाटारमा छलफल गरी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

नेताहरुका अनुसार त्यो दिनपनी गौतमले ओलीलाई ‘तपाईंको कारण पार्टीमा समस्या देखिएको हो, बैठकमा पेस भएको प्रतिवेदनलाई कार्यान्वयन गरे यसको समाधान हुन्छ,’ भन्ने जवाफ दिएर बाहिरिएका थिए।

प्रचण्डले ओलीलाई तीब्र आलोचना गरिएको प्रस्ताव पार्टी सचिवालयमा पेस गरेपछि ओलीले आफूनिकट र अन्य बिभिन्न नेताहरुसँग निरन्तर परामर्श गरिरहेका छन्।

सोहि क्रममा आइतबार बिहान गौतमलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .