राजनीति


मोदीले बाइडेनलाई फोन गरेर बधाई दिए, यी विषयहरुमा भयो छलफल...

मोदीले बाइडेनलाई फोन गरेर बधाई दिए, यी विषयहरुमा भयो छलफल...

नेपालखबर
मंसिर ३, २०७७ बुधबार १२:११,

मंगलबार राति बाइडेनलाई फोन गरेरै बधाई दिएको साथै केही महत्वपूर्ण विषयमा संक्षिप्त छलफल समेत गरेको मोदीले ट्वीटरमा बताएका छन्।

मोदीले टेलिफोनवार्ताका क्रममा बाइडेनलाई अमेरिकासँगको रणनीतिक साझेदारीको लागि भारत सँधै प्रतिबद्ध रहेको बताएका थिए।

उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि बधाई दिँदै कमलाको जित भारत र भारतीय–अमेरिकी समुदायको लागि गौरवको विषय भएको बताएका थिए।

मोदीले ट्वीटमा बाइडेनसँग इन्डो–यूएस स्ट्राटेजिक पार्टनरसिप, कोरोना भाइरस, जलवायु परिवर्तन, इन्डो–प्यासिफिक लगायतका विषयमा छलफल गरेको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad