सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समधानका लागि तयार पारेको प्रस्ताव सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट र त्यसको निवारणका लागि अध्यक्ष प्रचण्डले तयार पारेको प्रस्ताव सबै सदस्यहरुलाई वितरण गरिएको बताए। पार्टीमा उत्पन्न संकट, समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए।
यसका साथै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई लेखेको पत्र, त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
त्यस्तै भदौ २६ गते भएको पार्टी स्थायी समिति बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका सचिवालयका सबै सदस्यलाई विरतरण गरेको समत प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यी सबै सामग्रीको अध्ययनपछि पार्टीमा गम्भीर र समग्रतामा छलफल गरी पार्टी एकताको रक्षा गर्दै पार्टीलाइ अझ सुदृढ बनाउने निष्कर्ष निकालिएको उनले बताए।
प्रवक्ता श्रेष्ठले अर्को बैठक मंसिर ३ गते बस्ने जानकारी दिए।
Shares

प्रतिक्रिया