राजनीति


पार्टी बैठक र छलफलबाट भागेर समस्या समाधान हुँदैन : नेपाल

पार्टी बैठक र छलफलबाट भागेर समस्या समाधान हुँदैन : नेपाल

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ११:४५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताए।

त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने बताए। बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताए।

उनले भने, ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ। छलफल बहसबाट नै उपाय खोज्नुपर्छ। किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउनुपर्छ। एकतावद्ध भएर अगाडि बढाउन गई हामी सबै अनुशासनमा बाँधिनुपर्छ। अनुशासनमा बाँधिने हो भने आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछी यो आन्दोलन अगाडि बढ्छ। पार्टी अगाडि बढ्छ। जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस बादविवाद हुँदै आएका छन्। छलफल बहसबाट भाग्नेपनि होइन, बैठकबाट भाग्नेपनि होइन, कमिटी प्रणालीबाट भाग्नेपनि होइन, एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिन्छ।’

पार्टीलाई एकतावद्ध भएर अगाडि बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताए। पार्टीको अनुशासनमा बाँधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad