कोरोना महामारीका कारण बेरोजगार बनेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।
‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै काठमाडौं महानगरपालिकाले रोजगारीका लागि सम्बन्धित व्यक्तिलाई आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो।
सूचनामा भनिएको छ– कोभिड–१९ कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भएकाले आफू बसोबास गर्ने क्षेत्रको सम्पर्क गर्न सूचित गरिन्छ।’

3
Shares

प्रतिक्रिया