खेल


स्कटल्याण्ड २२ वर्षपछि युरोकपमा छनोट

स्कटल्याण्ड २२ वर्षपछि युरोकपमा छनोट

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ३:२०,

सर्वियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्कटल्याण्ड युरोकपमा छनोट भएको छ। स्कटल्यान्ड १९९८ पछि ठूलो प्रतियोगितामा छनोट भएको हो।

समूह ‘डि’ मा रहेको स्कटल्याण्डले अब इंग्ल्यान्ड, क्रोएसिया, युक्रेन र नर्थ म्यासेडोनियाको सामना गर्नेछ।

बिहीबार राति भएको खेलमा स्कटल्यान्डले सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाएको हो। निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी गरेपछि थप गरिएको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटबाट लिइएको थियो।

पेनाल्टीमा स्कटल्यान्डका लेइग ग्रिफिट्स, कलुम म्याकग्रेगर, स्कट म्याकटोमिने, ओलिभर म्याकब्रुन र केनी म्याकलिनले गोल गरे। सर्वियाका लागि डुसान टाडिक, लुका जोभिक, नेमान्जा गुडेल्ज र एलेक्सान्डर काटाईले गोल गर्दा एलेक्सान्डर मित्रोभिकले गोल गर्न सकेनन्।

गएराति कै खेलमा नर्थ म्यासडोनियाले जर्जियालाई १–० ले हराउँदै पहिलो पटक ठुलो प्रतियोगितामा छनोट भएको छ।

गएराति कै अन्य खेलमा हगेंरीले आइसल्याण्डलाइ २–० ले स्लोभाकियाले उत्तरी आयरल्याण्डलाई २–० ले पराजित गर्दै युरोकपमा स्थान बनाएका छन्। योसँगै युरोकपमा सहभागी हुनै सबै २४ टोलीको टुंगो लागेको छ।

समूह ‘ए’ – टर्की, इटाली, वेल्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – डेनमार्क, फिनल्यान्ड, बेल्जियम र रसिया
समूह ‘सी’ – नेदरल्यान्ड्स, अष्ट्रिया, युक्रेन र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड र चेक रिपब्लिक
समूह ‘ई’ – स्पेन, पोल्यान्ड, स्वीडेन र स्लोभाकिया
समूह ‘एफ’ – हंगेरी, पोर्चुगल, फ्रान्स र जर्मनी

125121437 828470284586424 6363681583721756576 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad