ad ad

राजनीति


मंसिर ३० सम्म सिमानाका बन्द

मंसिर ३० सम्म सिमानाका बन्द

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार १०:५०,

सरकारले आगामी मंसिर ३० गतेसम्म सिमानाका बन्द जारी राख्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रिफ्रिङ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ। त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए।

यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .