राजनीति


अमेरिका–ताइवानबीच छलफल हुन लाग्दा चीनले अमेरिकीलाई भन्योः ताइवानसँग सम्बन्ध नबढाऊ

अमेरिका–ताइवानबीच छलफल हुन लाग्दा चीनले अमेरिकीलाई भन्योः ताइवानसँग सम्बन्ध नबढाऊ

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १२:२७,

यसै महिना अमेरिकासँग हुने वार्तालई ताइवानले राम्रो सम्बन्धका लागि कोशेढुंगा साबित हुने बताएको छ।

चीनले ताइवानलाई आफ्नो भूमि भएको बताउँछ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताइरहँदा अमेरिकाले हालै ताइवानलाई अत्याधुनिक हतियार बच्ने सम्झौता सदर गरिदिएको छ।

चीनले अमेरिकाले ताइवानलाई हतियार बेचे आफूले आवश्यक कारवाही अमेरिकाविरुद्ध अगाडि बढाउने चेतावनी दिइरहेको छ।

यसैकारण चीन अमेरिका र ताइवानसँग निकै रुष्ट बनेको छ। पछिल्लो सयम ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच चर्को विवाद बढिरहेको छ।

यसबीचमा चीनले ताइवानको हवाई क्षेत्रहरुमा युद्धक विमानहरु उडाइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad