सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि खुसी व्यक्त गरेका छन्।
बुधबार सर्वोच्च अदालतले प्रतिनिधि सभामा पराजित भएका तर पछि राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका गौतमकाे नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनवाइ गर्दै त्यसबारे अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सांसद गौतमलाई मन्त्री बनाउने बाटो खुलेको छ।
सर्वोच्चको फैसला आफ्नो पक्षमा आएपछि उपाध्यक्ष गौतमले आफ्नो पक्षमा बहस गर्ने र आफूप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्ने सवैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यो पनि : वामदेव गौतमको नियुक्तिमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश, खुल्यो मन्त्री बन्ने बाटो
‘राष्ट्रिय सभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ’, गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भभाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु। मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरुप्रति म कृतज्ञ छु।’
उनले राष्ट्रिय सभामा आफ्नो नियुक्ति पद र प्रतिष्ठासँग सम्बन्धित नभएको प्रष्ट पार्दै आफूहरु पार्टीभित्र विधि र पद्धति स्थापित गर्न लागिरहेका बताएका छन्। उनले विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएको आरोप समेत लगाएका छन्। उनले आफू संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण समेत व्यक्त गरेका छन्।
‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए। फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’, उनले लेखेका छन्।
Posted by Bamdev Gautam on Wednesday, November 11, 2020~सबैप्रति आभार~ राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च...
Shares

प्रतिक्रिया