सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
आज (मंगलबार) दिउँसो ४ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएका अध्यक्ष प्रचण्ड बैठकबारे छलफलका लागि बालुवाटार पुगेका हुन्।
अध्यक्ष ओलीले बैठकबारे ठोस सहमति नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए।
‘दुई अध्यक्षबीच पार्टीको विवाद र सचिवालय बैठकबारे छलफल भइरहेको छ’, सापकोटाले नेपालखबरसँग भने।
यसअघि आजै अध्यक्ष ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए। पोखरेलसँग प्रचण्डको भेटवार्ता भएको केही समयमै दुई अध्यक्षबीच भेटवार्ता भएको हो।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालय बैठक बस्न अस्वीकार गर्दै आएका छन्। उनले सचिवालय बैठकअघि दुई अध्यक्षका बीचमा सहमति हुनुपर्ने बताउँदै आएका छन्।
यता प्रचण्ड–नेपाल पक्षले भने सबै विषयमा सचिवालयमै छलफल हुने बताउँदै आएका छन्।
यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो। त्यसको भोलिपल्ट अर्थात शनिबार बहुमत सचिवालय सदस्यले बैठकको सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएका थिए। सो पत्रको म्याद सोमबार सकिएपछि प्रचण्डले मंगलबार बैठक बोलाएका हुन्।
याे पनि : ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बोलाए सचिवालय बैठक

प्रतिक्रिया