क्यान्सर र मुटु रोगबाट हुने मृत्युको जोखिमलाई खोर्सानीले कम गर्ने अमेरिकन हर्ट एसोसिएसनले जनाएको छ।
अमेरिका, इटली, चीन र इरानका ५ लाख ७० हजार मानिसमा गरिएको अनुसन्धानमा खुर्सानी खानेले अप्रत्याशित स्वास्थ्य लाभ प्राप्त गरेको उल्लेख गरिएको छ।
अध्ययनका अनुसार मुटु रोगबाट मृत्यु हुने जोखिमलाई खोर्सानीले २६ प्रतिशतसम्म कम गर्दछ। साथै क्यान्सरबाट हुने मृत्युको जोखिमलाई २३ प्रतिशतसम्म कम गर्दछ।
समग्रमा खोर्सानीले विभिन्न रोगबाट हुने मृत्युको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्ने बताइएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया