कारोबार


सिटिजन लाइफ इन्स्योरेन्समा अन्तर्राष्ट्रिय प्रशिक्षकले दिए ‘करिअर विकास’ तालिम

सिटिजन लाइफ इन्स्योरेन्समा अन्तर्राष्ट्रिय प्रशिक्षकले दिए ‘करिअर विकास’ तालिम

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ९:३०,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि जूमएपमार्फत करिअर विकास र एमडीआरटी तालिम सम्पन्न गरेको छ।

सिटिजन लिडरहरुको क्षमताअभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रममा ४ सयभन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो।

कार्यक्रमको सुरुवातमाकम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस तालिमको आवश्यकता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारेका थिए। यसका साथै उनले यस तालिमबाट पुरा लाभलिन सिटिजन लिडरहरुलाइ प्रेरित गरेका थिए।

उक्त कार्यक्रमका मुख्य तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तिनका समाधान, नयाँ अन्तर्दृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै एमडीआरटी लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुकाबारे बताएका थिए।

व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो। तीन घण्टाको कार्यक्रम अत्यधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको कम्पनीले जनाएको छ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad