ad ad

राजनीति


लद्दाख झडपपछि पहिलोपटक मोदी–सी आमनेसामने

लद्दाख झडपपछि पहिलोपटक मोदी–सी आमनेसामने

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ४:७,

भारतका २० सैनिकको ज्यान जाने गरी सीमा क्षेत्र पूर्वी लद्दाखमा चीनसँग झडप भएयता पहिलोपटक आज (मंगलबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ आमनेसामने हुँदै छन्।

संघाई कोअपरेसन अर्गनाइजेसनको भर्चुअल सम्मेलनमा आज दुवै जना सहभागी हुने भएका हुन्। सम्मेलनको अध्यक्षता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नेछन्।

द इन्डियन एक्सप्रेसका अनुसार बितेका ६ वर्षमा मोदी र सीबीच १८ पटक भेट भएका छन्। पछिल्लो पटक उनीहरूबीच साउदी अबरले आयोजना गरेको जी २० देशेको सम्मेलनमा भेट भएको थियो।

त्यसयता अहिले भेट हुन लागेकाे हाे। 

इन्डियन एक्सप्रेसकाे समाचारअनुसार दुवै देश (भारत चीन) ले सीमाका विषयमा आआफ्नो अडान लिइरहको अवस्थामा याे भेटमा मोदी र सीबीच तनाव कम गर्ने सम्बन्धमा बातचित हुने सम्भावना कम छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .