कारोबार


तिहारअघि नै सुक्न थाल्यो सयपत्री र मखमली

तिहारअघि नै सुक्न थाल्यो सयपत्री र मखमली

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ४:२९,

यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन्। बागलुङका अधिकांश स्थानीयले लगाएको सयमत्री र मखमली फूलहरु सुख्न थालेका हुन्।

तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने अवस्था सिर्जना भएको छ।

यस वर्षको तिहार गत वर्षको भन्दा झण्डै एक महिनापछि धकेलिँदा सयपत्री फूल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठेखोला गाउँपालिका–७ का स्थानीय युवराज शर्माले बताए।

‘यसपालि तिहार अगावै बोटसहित फूलसमेत सुक्ने, ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फूल खपत हुने अवस्था आयो,’ शर्माले भने, ‘यस वर्षको तिहारमा प्राकृतिक फूलको अभाव हुने अवस्था सिर्जना भएको छ।’

मठ मन्दिर तथा शक्तिपीठहरु समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फूलको खपत छैन। घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फूल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन्।

सामान्यतया तीनदेखि चार महिना अवधिमात्रै सयपत्री फूल टिक्छ। यस वर्ष अत्यधिक वर्षाका कारण पुष्पखेतीमा असर परेको भए पनि जोगिएका फूल राम्रै फुलेका थिए। तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकिएको शर्माको भनाई छ।

कात्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad