राजनीति


नेपालसँग ओलीले भने : दोस्रो प्रत्यारोपणपछि त हाँच्छ्यु पनि आउन छाड्यो, जुँगा पनि काला उम्रिन थाले

नेपालसँग ओलीले भने : दोस्रो प्रत्यारोपणपछि त हाँच्छ्यु पनि आउन छाड्यो, जुँगा पनि काला उम्रिन थाले

मणि दाहाल
कात्तिक २३, २०७७ आइतबार १२:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आफू निकै स्वस्थ भएको बताएका छन्।

उनले पछिल्लो प्रत्यारोपणपछि त आफूलाई हाँच्छ्यु पनि नआएको बताएका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बालुवाटारमा भएको छलफलको क्रममा अन्ततिर प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।

पछिल्ला दिन नेताहरुबीचको विवाद फेरि चर्किएपछि आज आइतबार ओलीले वरिष्ठ नेता नेपाललाई छलफलका लागि बोलाएका थिए।

नेता नेपाल स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए।

‘पहिले पहिले सेतो जुँगा आउथे, अहिले त जुँगा पनि कालो आउन थालेको छ। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि हाँच्छ्यु पनि आएको छैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक नेताले भने, ‘अहिले शरिरमा शक्ति पनि बढेको छ। काम पनि जति पनि गर्न सक्ने भएको छु।’

प्रधानमन्त्री ओलीले भेटका लागि बोलाएपछि पूर्वप्रधानमन्त्री नेपालसहितको टोली छलफलका लागि दिउँसो १ बजे बालुवाटार पुगेको थियो।

साथमा स्थायी कमिटीका सदस्यहरु रावल, पाण्डे र पन्त थिए ।

प्रधानमन्त्री ओलीको गत फागुन तेस्रो साता त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण भएको हो।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग सचिवालयको बैठक राख्न लिखित रुपमा माग गरेका छन्।

उनीहरुले पार्टीमा आन्तरिक विवाद बल्झिँदै गएको हुँदा तिनको समाधानका लागि पार्टी बैठक गर्न माग गरेका हुन्।

तर ओलीले आज आइतबार नेपालसहितको भेटवार्तामा पनि बैठकमा छलफल गर्ने एजेण्डामा सहमति नभै बैठक राख्न आफू तयार नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले झगडा गर्न मात्रै बैठक बोलाउने पक्षमा आफू नरहेको जिकिर गरेका थिए।

प्रचण्ड र नेपाल पक्ष एकैस्थानमा हुँदा प्रधानमन्त्री पार्टीको सबै कमिटीमा अल्पमतमा रहेका कारण बहुमतबाट आफ्नो विपक्षमा निर्णय हुनसक्ने भन्दै बैठकबाट भाग्न खोजेको आरोप अर्को पक्षले लगाउँदै आएको छ।

याे पनि: 

नेपाललाई ओलीको जवाफ– विषयको टुंगो नगरी बैठक गर्न म तयार छैन

तीन नेतासहित पुगेका नेपालसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सकियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .