कारोबार


अमेरिकासँगको विवादबीच १५ वर्षभित्र चीनको जीडीपी दोब्बर बनाउन सम्भव छः सी चीनफिङ

अमेरिकासँगको विवादबीच १५ वर्षभित्र चीनको जीडीपी दोब्बर बनाउन सम्भव छः सी चीनफिङ

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १२:३०,

अमेरिकासँगको विवादबीच १५ वर्षको अवधिमा देशको जीडीपी र प्रति व्यक्ति आयलाई दोब्बर बनाउन सम्भव रहेको सीले बताएको सिन्ह्वाले उल्लेख गरेको छ।

हालै सम्पन्न १४ औं पञ्चवर्षीय योजनाको छलफलपछि सीले भनेका छन्,‘गम्भीर अध्ययन र अंक गणितपछि चीनले लामो समयसम्म दिगो बिकासलाई व्यवस्थापन गर्नसक्ने हामीले पाएका छौं।’

चिनियाँ कम्युनिस्ट पार्टीको उक्त छलफलले पाँच वर्षको मात्र नभएर सन् २०३५ सम्मकै योजना बनाएको चिनियाँ संचार माध्यमले बताएका थिए।

यसबीचमा सीले १५ वर्षभित्र हालभन्दा दोब्बर जीडीपी र प्रति व्यक्ति आय बनाउन सम्भव रहेको बताएको विषय सार्वजनिक भएको हो।

पछिल्लो समय चीन प्रविधिको क्षेत्रमा निकै शक्तिशाली बन्दै गएको छ। साथै चीनको व्यापार विश्वभर फस्टाउँदै गएको छ।

तर अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। अमेरिकाले चिनियाँ सामग्रीलाई प्रतिबन्ध लगाएको छ र विश्वले चिनियाँ सामग्री प्रतिबन्ध गरोस् भन्ने चाहन्छ।

यसबीचमा डोनाल्ड ट्रम्प राष्ट्रपतिको निर्वाचनमा पराजित भइसकेको अवस्थामा अब नयाँ राष्ट्रपति बन्ने जो बाइडेनले चीनविरुद्ध कस्तो नीति लिनेछन् त्यो हेर्न बाँकी छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .