खेल


आईपीएलमा दुई खेल बाँकी छँदासम्म सन्दीप मैदान बाहिरै

आईपीएलमा दुई खेल बाँकी छँदासम्म सन्दीप मैदान बाहिरै

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १२:४१,

इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल संयुक्त अरब इमिरेन्टस् (युएईं) मा छन्।

दिल्ली क्यापिटल्स्मा आवद्ध लामिछानेले जारी सिजनमा एक खेल पनि खेल्न पाएका छैनन्। सुरुवाती खेलमा मौका नपाएपनि पछिल्ला खेलमा लामिछाने मौका पाउनेमा धेरै आशावादी थिए। तर आईपीएलमा अब २ खेल मात्र बाँकी छ। 

लिग चरण अन्तर्गत आज दोस्रो क्वालिफायर खेलमा लामिछाने आवद्ध दिल्लीले सनराइजर्स हैदरावादको सामना गर्दैछ। पहिलो क्वालिफायरमा पराजित दिल्लीले आज एलिमेनेटेरमा जित निकालेको हैदरावादसँग खेल्न लागेको हो।

आजको खेलमा दिल्ली विजयी भए उपाधिका लागि मुम्बइसँग मंगलबार खेल्नेछ। आजको खेलमा पराजित भए दिल्लीका लागि जारी सिजनको अन्तिम खेल हुनेछ। 

जारी सिजन मैदान बाहिर नै बिताएका लामिछानेले पछिल्लो २४ घण्टामा ४ वटा ट्वीट गरिसकेका छन्। १७ घण्टा अघि लामिछानेले ट्वीट गरे, ‘द फाइनल फेथ’ (अन्तिम विश्वास।)

११ घण्टा अघि उनले ट्वीट गर्दै लेखे, फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार।

त्यसको पछि ४ घण्टा अघि उनले अर्को ट्वीट गरे, ‘वी कान्ट थिंक टू मच वन थिंग्स द्याट वी कान्ट कन्ट्रोल–ग्रेट लाइफ लर्निङ लेसन’ (जुन कुरालाई हामीले नियन्त्रण गर्न सक्दैनौं त्यस कुराबारे धेरै सोच्न पनि सक्दैनौं। जीवन बुझ्ने ठूलो सिकाइ।)

उनको यो ट्वीटबाट जारी सिजन उनले एक खेल पनि खेल्न नपाएकाले यस्तो लेखेको प्रष्ट बुझिन्छ। उनलको यो ट्वीटमा रि ट्वीट गर्दै धेरैले लेखेका छन् आजको खेलमा पनि मौका पाएनौ। धेरैले उनको समर्थनमा थुप्रै शब्द खर्चिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .