राजनीति


नेपाललाई ओलीको जवाफ– विषयकाे टुंगो नगरी बैठक गर्न म तयार छैन

नेपाललाई ओलीको जवाफ– विषयकाे टुंगो नगरी बैठक गर्न म तयार छैन

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ११:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन आफू तयार नभएको बताएका छन्।

अन्य तीन नेतासहित पुगेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको भेटमा ओलीले बैठकमा छलफल हुने विषय पहिले टुङ्गो नगरेसम्म बैठक बस्दा विवाद मात्रै बढ्ने भएकोले त्यसरी बैठक नराख्ने बताएका हुन्।

नेता नेपालकाे साथमा स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त बालुवाटार पुगेका थिए।

‘मैले बैठक नबस्ने भनेको छैन। तर के विषयमा छलफल गर्ने त्यो पहिले तय हुनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै बेठकमा सहभागी एक नेताले भने, ‘बैठक केका लागि बस्ने? झगडा मात्र गर्नका लागि?’

भेटमा ओलीले नेपालसँग पार्टी अफ्ठ्यारो अवस्थामा भएकोले सहयोग गर्न आग्रह गरेका थिए।

सहभागी एक नेताका अनुसार सो छलफलमा नेता नेपालले ओलीलाई बैठक पनि नडाक्ने, पार्टीभित्र मिलाएर पनि नलैजाने, एकलौटी रुपमा गर्दै जाने हो भने नेकपा झन्भन् समस्यामा फस्छ भनी सम्झाउने प्रयास गरेका थिए।

‘पार्टी फुट भयो भने त्यसको सबै दोष तपाईँलाई लाग्छ, त्यही भएर सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटीका बैठकहरु बोलाएर छलफल गरौं,’ नेता नेपालले भने।

तर, त्यसो भनेपनि ओलीले असन्तुष्टि जनाएका थिए। दुबै नेताले असन्तुष्टि जनाएपछि केही सवालजवाफ जस्तो पनि भएको थियो।

बैठकमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको २ घण्टा लामो छलफलमा ओलीबाट समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव वा विचार आएको थिएन।

‘उहाँले सहयोग गर्नुपर्यो भनेर बोलाउनु भएको रहेछ। पार्टी समस्यामा छ सहयोग गर्नुहोस भन्नु भयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘ हामीले पार्टीलाई समुहिक नेतृत्वमा चलाउने हो भने समस्या आउँदैन। त्यसैले सामुहिक रुपमा अघि बढ्न भन्यौं। एक्लैले पार्टी बनाएको पनि होइन र एक्लैले पार्टी चलाउन पनि सकिँदैन।’

याे पनि: 

-तीन नेतासहित पुगेका नेपालसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सकियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad