राजनीति


ट्रम्पले मतगणना रोक्नुपर्छ भनेपछि मत गणनास्थलमै पुगे उनका समर्थक, गरे नाराबाजी

ट्रम्पले मतगणना रोक्नुपर्छ भनेपछि मत गणनास्थलमै पुगे उनका समर्थक, गरे नाराबाजी

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ६:३८,

ट्रम्पले आफूले जित्ने अपेक्षा गरेको क्षेत्रहरुमा पछाडि पर्न थालेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै मतगणना तत्काल रोक्नुपर्ने ट्वीटरमा बताएका हुन्।

सार्वजनिक भिडियोहरुमा ट्रम्पका समर्थकहरुले मतगणना रोक्नुपर्ने भन्दै नारा लगाएको देखिन्छ।

यसबीचमा उनले पोस्टल मत ‘हुलाकमार्फत दिइएको मत’ निष्पक्ष नहुने आफूले पहिल्यैबाट बताएको जनाएका छन्।

कोरोना प्रकोप र यसले निम्त्याउने भयावह स्थितीलाई रोक्न यसपटक लाखौं अमेरिकी नागरिकले पोस्टल मत खसालेका थिए। भीडभाडलाई रोक्न नोभेम्बर ३ अगावै मतदान गरिएको थियो।

यस्तै वैध मतलाई मात्र गन्ने हो भने जित आफ्नो हुने ट्रम्पको भनाइ छ। तर चुनावमा धाँधली भएका कारण आफू विभिन्न स्थानमा पछाडि परेको उनले पत्रकार सम्मेलनमा बताएका छन्।

अमेरिकी राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोरल कोलेज भोट चाहिन्छ। बीबीसीका अनुसार हालसम्मको परिणाम अनुसार जो बाइडेनल २५३ इलक्ट्रोरल कोलेज भोट प्राप्त गरिसकेका छन् भने ट्रम्पले २१४ इलेक्ट्रोरल कोलेज भोट पाएका छन्।

ओबामा प्रशासनका उपराष्ट्रपति बाइडेन राष्ट्रपति बन्ने दौडमा अगाडि रहँदा ट्रम्पले चुनावमा धाँधली भएको बताइरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad