भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटबाट काठमाडौं फर्किएका छन्।
स्वदेश फर्किनुअघि शुक्रबार बिहान ८ बजे नरवणे नेपाली सेनाले भीभीआईपीका लागि ल्याएको हेलिकोप्टरमार्फत सोलुखुम्बुतर्फ प्रस्थान गरेका थिए।
त्यहाँ उनले सगरमाथालगायत हिमालको दृश्य अवलोकन गरेको नेपाली सेनाले जनाएको छ। काठमाडौं फर्किएका नरवणेले अब आर्मी स्टाफ कलेज शिवपुरीमा सम्बोधन गर्नेछन्।
बिहीबार उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका हुन्।
यस्तै शुक्रबार नै रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि उनी स्वदेश फर्किने छन्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा श्रीमती विनासहित नरवणे बुधबार नेपाल आएका थिए।

प्रतिक्रिया