संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ८ दिने भ्रमणका लागि गृहजिल्ला ताप्लेजुङ पुगेका छन्। जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान हवाइमार्ग हुँदै मन्त्री भट्टराई ताप्लेजुङ पुगेका हुन्।
मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँका अनुसार जिल्लाका सबै स्थानीतहमा कात्तिक २१ गतेदेखि २८ गतेसम्म अन्तत्र्रिmया र छलफलमा सहभागी हुनेछन्। मन्त्री भट्टराईले शुक्रबार लुक्ला, सुकेटारलगायतका विमानस्थलको अवलोकन गरेका छन्।
मन्त्रीको सचिवालयले दशैँअघि जिल्ला आउने कार्यक्रम भए पनि मन्त्री भट्टराई नै कोरोना संक्रमित भएपछि कार्यक्रम स्थगित भएको थियो। मन्त्रीले आफ्ना मतदातासँग उनीहरुको समस्याको विषयमा छलफल गर्नेछन्।

प्रतिक्रिया