राजनीति


ट्रम्पले लेखे : चुनावमा धाँधली भएका पर्याप्त प्रमाण छन्, हामी जित्नेछौं

ट्रम्पले लेखे : चुनावमा धाँधली भएका पर्याप्त प्रमाण छन्, हामी जित्नेछौं

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार २३:१६,

‘पछिल्लो पटक बाइडेनले दाबी गरेका राज्यमा मतदाता र राज्य निर्वाचनमा धाँधलीबारे हामी कानुनी लडाइँ लड्नेछौं। पर्याप्त प्रमाण छन्, सञ्चारमाध्यम हेर्दै गर्दै गर्नुहोला। हामीले जित्नेछौं, अमेरिका फर्स्ट।’

अमेरिकाका वर्तमान राष्ट्रपति एवं आगामी कार्यकालका लागि उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएकाे दाबी गर्दै यस्तो टि्वट गरेका हुन्।

trumptwi

मतगणना जारी रहेका राज्यमध्ये नेभादामा डेमाेक्रेट उम्मेदवार जो बाइडेन अगाडि छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रोजेक्सनअनुसार ६ इलेक्टोरल संख्या रहेको यस राज्यमा जिते बाइडेनलाई राष्ट्रपति बन्न आवश्यक २ सय ७० इलेक्टाेरल मत पुुग्नेछ।

यता ट्रम्पले अग्रता लिएका जर्जिया, पेन्सिलभेनिया राज्यमा पनि मतान्तर कम हुँदै छ।

ट्रम्पको चुनावी अभियान प्रचार समूहले केही राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी दिए पनि गणना रोकिएको छैन।

अहिले हुलाक र इमेलमार्फत पठाइएका मतको गणना भइरहेको छ। जुन मत जो बाइडेनलाई धेरै प्राप्त भएका छन्।

याे पनि :  राष्ट्रपति बन्नुअघि नै बाइडेनले गरे ह्वाइट हाउसका लागि यस्तो तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad